काठमाण्डु – नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित चार केन्द्रीय सदस्यको शपथ नहुने भएको छ ।
अदालतमा मुद्दा विचाराधीन रहेकाले सन्तोष चालिसे, विनीता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवलाई तत्काल शपथ नगराउने तयारी गरिएको हो।
कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ।
निर्वाचनबाट केन्द्रीय सदस्यमा विजयी भएकी विनीता खड्कालाई भने निर्वाचन समितिले निर्वाचित भएको औपचारिक घोषणा गरेको छैन।
अदालतमा मुद्दा विचाराधीन रहेकाले चारै जनाको शपथ तत्कालका लागि नहुने बताइएको छ। अदालतबाट सफाइ पाएपछि उनीहरूले जिम्मेवारी पाउने छन् ।


प्रतिक्रिया