काठमाडौंविरुद्ध राहुलको घातक बलिङ, ११५ रनमै अल आउट

काठमाडौंविरुद्ध राहुलको घातक बलिङ, ११५ रनमै अल आउट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सलाई जितका लागि ११६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा काठमाडौंले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ३ बल बाँकी छदै सबै विकाट गुमाएर ११५ रन बनाएको छ ।

उसका लागि भीम सार्कीले ३३, राशिद खानले १७, स्मित पटेलले १३ तथा सुमित महर्जनले १० रन बताए ।

काठमाडौंको इनिङ्स ध्वस्त पार्न राहुल यादव एक्लैले चार विकेट लिए । राहुलले चार ओभरमा ३१ रन खर्चिए। उनले काठमाण्डुका साम हिजलेट, स्मित पटेल, कप्तान करण केसी र मोहम्मद आदिल आलमलाई आउट गरे। जनकपुरका सैफ हसनले दुई तथा मोइन अली, हरमित सिंह र ललित राजवंशीले एक-एक विकेट लिए।

काठमाण्डुले पावरप्लेमा तीन विकेट गुमाएको थियो। त्यसपछि पनि लगातार विकेट गुमाउँदा टोली ठूलो योगफल बनाउन असफल भयो। अन्तिम पाँच ओभरमा काठमाण्डुले पाँच विकेट गुमाउँदै २३ रन मात्र जोड्यो।