नेप्से ६ महिनायताकै उच्च बिन्दुमा, ८ अर्ब ५७ करोड बढी कारोबार

नेप्से ६ महिनायताकै उच्च बिन्दुमा, ८ अर्ब ५७ करोड बढी कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ३१.४५ अंकले बढेर २ हजार ६९५.६० विन्दुमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा १.१८ प्रतिशतले बढेको बजारमा ८ अर्ब ५७ करोड ९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बिहीबार कारोबार रकमका आधारमा जलविद्युत् क्षेत्र अगाडि छ । यस क्षेत्रका कम्पनीहरूको ४ अर्ब ५३ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

वाणिज्य बैंक समूहमा १ अर्ब १० करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूहमा ५९ करोड ३५ लाख र लगानी समूहमा २५ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

कम्पनीगत कारोबारमा लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३२ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । घलेम्दी हाइड्रोको २८करोड २६ लाख र बुटवल पावर कम्पनीको २६ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अपि पावर कम्पनीको १९ करोड १७ लाख, सोलु हाइड्रोपावरको १९ करोड ५ लाख र सानिमा बैंकको १६ करोड १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यस दिन बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेर ६१७ रुपैयाँ २० पैसा पुगेको छ । सोपान फर्मास्युटिकल्सको मूल्य ८.७२ प्रतिशत र नेपाल रिइन्स्योरेन्स कम्पनीको ५.६१ प्रतिशतले बढेको छ । नेपाल फाइनान्सको मूल्य ५.४९ प्रतिशत, एनआईसी एसिया बैंकको ४.६९ प्रतिशत र सिद्धार्थ बैंकको ४।३१ प्रतिशतले बढेको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर मूल्य ३.६५ प्रतिशतले घटेर १ हजार ३९७ रुपैयाँमा झरेको छ । चिरख्वा हाइड्रोपावरको मूल्य ३.१४ प्रतिशत र लक्ष्मी सनराइज बैंकको संस्थापक सेयरको मूल्य २.९९ प्रतिशतले घटेको छ ।‘