तस्बिरमा हेर्नुहोस् जनकपुर र काठमाण्डुको खेल

तस्बिरमा हेर्नुहोस् जनकपुर र काठमाण्डुको खेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित निकालेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुरले काठमाण्डु गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो।

१६ वर्षीय राहुल यादवको घातक बलिङ र मोइन अलीको अर्धशतकमा जनकपुरले सानदार जीत निकाल्यो ।

राहुलले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए।

उनी काठमाण्डुविरुद्धको खेलमा ‘प्लेयर अफ द म्याच’समेत घोषित भए।

राहुलले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध १५ रन खर्चेर २ विकेट लिएका थिए। काठमाण्डुविरुद्ध थप ४ विकेट लिएपछि उनको नाममा दुई खेलबाट ६ विकेट पुगेको छ।