भुटानमा शिंताफू हिमताल फुट्यो, भारतको पश्चिम बंगालसम्म सतर्कता बढाइयो

भुटानमा शिंताफू हिमताल फुट्यो, भारतको पश्चिम बंगालसम्म सतर्कता बढाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि बाढी आएको छ ।

बाढीले शहरका मुख्य सडक बगाएको छ । सडक बगाएपछि दुर्गम लाया क्षेत्र भुटानको बाँकी भूभागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ ।

उत्तर भुटानको गासा जिल्लामा अवस्थित शिंताफू तालबाट आएको बाढीको पानी ताक्तसेमाखाङसम्म पुगेको भारतइि पत्रिका द स्टेटम्यानले उल्लेख गरेको छ ।

भुटानका अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा तैनाथ सुरक्षाकर्मी तथा अन्य व्यक्तिहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सावधानीका उपाय अपनाइएको छ। छिमेकी क्षेत्रहरूलाई पनि सतर्क गराइएको छ। घटनामा हालसम्म मानवीय क्षति भएको खबर प्राप्त भएको छैन।

प्रारम्भिक विवरणले भने बाढीको प्रभाव ठूलो हुन सक्ने देखाएका छन्। यस घटनापछि भारतको पश्चिम बंगालमा पनि सतर्कता बढाइएको छ। पश्चिम बंगालका वनमन्त्री मनोज कुमार ओरांवले तल्लो तटीय क्षेत्रमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै संकोश नदी किनारका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन्।