सिँचाइका डीजी रजौरिया र सुनकोशी मरिणका प्रमुख रिजाल रिहा

सिँचाइका डीजी रजौरिया र सुनकोशी मरिणका प्रमुख रिजाल रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी–मरिण डाइभर्सन आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाल रिहा भएका छन्।

आवश्यक सोधपुछ तथा अनुसन्धानपछि शुक्रबार दुवै जनालाई रिहा गरिएको हो ।

रजौरिया सिँचाइ विभागका महानिर्देशक तथा रिजाल सुनकोशी–मरिण डाइभर्सन आयोजनाका प्रमुखका रूपमा कार्यरत छन्।

बिहीबार प्रहरीले रजौरियालाई सिरहाको लहानबाट र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिएर काठमाण्डु पठाएको थियो।

उनीहरूलाई सुनकोसी मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियासम्बन्धी विवादमा प्रधानमन्त्रीको कार्यालयले नियन्त्रणमा लिएको बताएको थियो ।

दुई अधिकारी नियन्त्रणमा लिइएको घटनाको केन्द्रमा रहेको ठेक्का विवाद सुनकोसी मरिण डाइभर्सन आयोजनाको बाँध, विद्युत् गृह, सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडानसँग सम्बन्धित छ।

यसअघि उक्त कामको ठेक्का पटेल–रमण जेभीले पाएको थियो। २०७९ पुस १४ गते करिब १४ अर्ब ८ करोड रुपैयाँमा भएको सम्झौताअनुसार निर्माण व्यवसायीले २०८४ असारभित्र काम सम्पन्न गर्नुपर्ने थियो।

तर, सम्झौताको करिब ६१ प्रतिशत अवधि बितिसक्दा पनि भौतिक प्रगति करिब १० प्रतिशतमा सीमित भएपछि सरकारले ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढाएको थियो। आयोजनाले निर्माण व्यवसायीलाई काममा सुधार गर्न पटकपटक निर्देशन दिए पनि अपेक्षित प्रगति नभएको जनाएको थियो