बीपी राजमार्ग अवरुद्ध, बाढीपहिरोले पाँच स्थानका सडक अवरुद्ध

बीपी राजमार्ग अवरुद्ध, बाढीपहिरोले पाँच स्थानका सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ ।

वर्षा जारी रहेकाले तत्काल बाटो खोल्न सहज नहुने उक्त कार्यालयका सूचना अधिकारी रविन विष्टले बताए ।

राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न उनले सर्वसाधारणमा अनुरोध गरेका छन् ।

कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका प्रहरीले जनाएको छ।

यसैगरी, सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा राति सवारी आवागमन बन्द गरिएको छ।

गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीको फलामे मोटरेबल पुल बुढीगण्डकी बाढीले बगाएपछि ती दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली र वडा नं ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमासुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।