मनाङमा सबैभन्दा बढी वर्षा, अपराह्नदेखि मौसममा क्रमिक सुधार हुने

मनाङमा सबैभन्दा बढी वर्षा, अपराह्नदेखि मौसममा क्रमिक सुधार हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा मनाङमा धेरै वर्षा भएको जनाएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित अर्नब चक्रवात र पश्चिमी वायुको प्रभावका कारण यो अवधिमा मनाङको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा मापन भएको जनाएको छ ।

वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान र सडक छेउमा पहिरो खस्ने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ।

देशको अधिकांश स्थानमा मध्यम वर्षा तथा गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षा भएको महाशाखाले जनाएको छ।

यसबीच अर्नब चक्रवातको अवशेषको असर र पश्चिमी वायुको पनि आंशिक प्रभावले देशभर विभिन्न स्थानमा वर्षा तथा हिमाली भेगमा हिमपात हुनेक्रम जारी छ।

सो अवधिमा देशका अधिकांश स्थानमा मध्यम वर्षा तथा गण्डकी प्रदेशका थोरै स्थान अनि मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको मौसम महाशाखाले जनाएको छ।

अपराह्नदेखि भने अर्नबको प्रभाव क्रमिक रूपमा कम हुने आकलन मौसम महाशाखाले गरेको छ। महाशाखाका अनुसार