भारतमा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विपक्षी दलले गरे प्रदर्शन

भारतमा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विपक्षी दलले गरे प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– भारतमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै विपक्षी दलहरूले आइतबार नयाँदिल्लीमा प्रदर्शन गरेका छन्।

‘इन्डिया’ गठबन्धनको आह्वानमा भएको प्रदर्शनमा हजारौँ सहभागी भएका थिए। कांग्रेस नेता राहुल गान्धीको नेतृत्वमा भएको प्रदर्शनमा मतदाता नामावली पुनरावलोकन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै भारतीय लोकतन्त्रको रक्षा गर्न माग गरिएको थियो।

विपक्षी दलहरूले पुनरावलोकनका क्रममा ठूलो संख्यामा मतदाताको नाम हटाइएको भन्दै यसले लाखौँ नागरिक मताधिकारबाट वञ्चित हुन सक्ने आरोप लगाएका छन्। विशेषगरी अल्पसङ्ख्यक समुदाय प्रभावित हुनसक्ने उनीहरूको दाबी छ।

निर्वाचन आयोग र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले भने दोहोरिएका तथा अयोग्य मतदाताको नाम हटाउन प्रक्रिया अघि बढाइएको भन्दै विपक्षीको आरोप अस्वीकार गरेका छन्।

प्रदर्शनलाई लक्षित गर्दै नयाँदिल्लीमा ठूलो संख्यामा प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको थियो।