तेहरान –इरानको केशम टापुमा भएका शृंखलाबद्ध विस्फोटमा अमेरिकी सेनाको संलग्नता रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै द वाल स्ट्रिट जर्नलले आक्रमणको समाचार प्रकाशित गरेको छ। अमेरिकी सेनाले पछिल्ला केही सातायता इरानविरुद्ध गोप्य रूपमा सीमित सैन्य कारबाही गर्दै आएको समाचार प्रकाशित गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक सम्झौता हुन सक्ने सम्भावना व्यक्त गरिरहेका बेला अमेरिकाले गोप्य रूपमा यस्तो सैन्य कारबाही गरेको समाचारमा उल्लेख छ।
मंगलबार हुने मध्यावधि निर्वाचनपछि इरानसँग पुनः युद्ध सुरु हुने सम्भावनालाई ट्रम्पले कम आँकेको अभिव्यक्ति दिएको केही समयपछि उक्त आक्रमण भएको जनाइएको छ।
यस विषयमा अमेरिकी रक्षा मन्त्रालय ९पेन्टागन० ले प्रश्नहरू अमेरिकी सेनाको केन्द्रीय कमान्ड ९सेन्टकम० तर्फ पठाएको थियो।
यद्यपि, एक अमेरिकी अधिकारीले द वाल स्ट्रिट जर्नलसँग कुरा गर्दै प्रशासनले क्षेत्रीय क्षेत्रमा रहेका अमेरिकी सेनामाथिका सम्भावित खतरालाई निरन्तर सम्बोधन गरिरहेको बताएका छन्।
अमेरिकाले इरानविरुद्ध गरेका भनिएका यी सीमित सैन्य कारबाहीबारे



प्रतिक्रिया