माधव नेपालविरुद्ध पतञ्जलिपछि जग्गा हिनामिनासम्बन्धी अर्को भ्रष्टाचार मुद्दा

माधव नेपालविरुद्ध पतञ्जलिपछि जग्गा हिनामिनासम्बन्धी अर्को भ्रष्टाचार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दर्ता भएको छ।

काभ्रेको साँगास्थित पतञ्जलि योगपीठका नाममा दिइएको सरकारी जग्गा बिक्री प्रकरणको मुद्दा खेपिरहेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अर्को फाइल विशेष अदालतमा लगेको हो ।

पूर्वप्रधानमन्त्री नेपाल र नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजालविरुद्ध सुनसरीको इटहरीस्थित रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषदबाटै निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरिएको प्रकरणमा अख्तियारले मुद्दा दर्ता गराएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले यसबारेमा मुद्दा विशेषमा दर्ता भइसकेपछि विस्तृत विवरण आउने जानकारी दिए । उता विशेष अदालतका अधिकारीले पनि फाइल आएर दर्ता प्रक्रियामा रहेको उल्लेख गरे।

रिजाल टासी इन्डस्ट्रिजका नाममा सुनसरी र मोरङ औद्योगिक करिडोर क्षेत्रमा जग्गा रहेको थियो । त्यो जग्गा बेच्न तत्कालीन अवस्थामा नेपाल अध्यक्षतामा बसेको मन्त्रिपरिषद्ले नै सहमति दिएको खुलेको अख्तियारले जनाएको छ।

महँगो ठाउँ र राजमार्गसँगै जोडिएको ५९ विगाहा जग्गा बेच्न अन्य अपायक स्थानको सट्टापट्टका लागि २०६६ सालमा प्रधानमन्त्री भएका बेला नेपालको क्याबिनेटले अनुमति दिएको खुलेको छ । उक्त जग्गा विक्रीमा सिधै मन्त्रिपरिषद्को भूमिका पाइएपछि त्यसबेलका प्रधानमन्त्रीनेपालमाथि भ्रष्टाचार मुद्दा चलेको हो ।

अर्कातिर त्यस सयमका विभागीय मन्त्री रिजालविरुद्ध पनि मुद्दा चलेको छ। उनीसँगै उक्त जग्गा बिक्री प्रकरणमा भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारी पनि तानिएका छन्।