कांग्रेस र एमालेद्वारा तत्काल सदन बोलाउन सभामुखलाई दबाब

कांग्रेस र एमालेद्वारा तत्काल सदन बोलाउन सभामुखलाई दबाब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले सभामुख डोलप्रसाद अर्याललाई भेटेर तत्काल संसद् बैठक बोलाउन आग्रह गरेका छन्।

कांग्रेस र एमालेका नेताहरूले मंगलबार छुट्टाछुट्टै भेट गरी सदनको बैठक आह्वान गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले देशमा जटिल परिस्थिति बन्दै गएको भन्दै संसद्‍बाट ती कुराको सम्बोधन आवश्यक रहेको भन्दै दबाब बढाएका हुन्।

कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे र एमालेका तर्फबाट संसदीय दलका उपनेता पदमा अर्यालले सभामुखसँग भेट गरेका थिए।

सर्वोच्च अदालतमा देखिएको न्यायाधीश र बिचौलियासम्बन्धी प्रकरण तथा सरकारका पछिल्ला गतिविधिलाई लिएर कांग्रेस र एमाले एक ठाउँमा आएका हुन्।

दुवै दलले ती विषयमा संसद्मा आवाज उठाउनका लागि चाँडो सदन बोलाउनुपर्ने निष्कर्ष निकालेका छन्।

यसअघि सोमबार पनि दुवै दलका नेताहरूले सदनमार्फत सरकारका पछिल्ला गतिविधि र न्यायालयमा देखिएको विवादबारे आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

न्यायाधीश–बिचौलिया प्रकरण र सरकारका पछिल्ला गतिविधिबारे सदनमै आवाज उठाउने तयारी, दुवै दलका नेताले छुट्टाछुट्टै भेटेर गराए ध्यानाकर्षण

सभामुखसँगको भेटमा दुवै दलका नेताहरूले संसद् बैठक बोलाउन आग्रह गरेका थिए। जवाफमा सभामुख अर्यालले आवश्यकताको मूल्यांकन गरेर निर्णय लिने जानकारी गराएको एमाले संसदीय दलका उपनेता पदमा अर्यालले बताइन्।

संसद् बैठक बोलाउने विषयमा कांग्रेस र एमालेले सभामुखमाथि पछिल्लो दबाब बढाएका छन्। तर, बैठक आह्वान गर्नेबारे सभामुखबाट ठोस निर्णय भने आइसकेको छैन। यसअघि सोमबार विपक्षी दलको बैठक बसेर संसद् बोलाउन दबाब दिनुपर्ने निष्कर्ष निकालेको थियो ।