काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्ससामु जितका लागि ९८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो ।
पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए । कुशल भुर्तेलले १४, मेहदी हसनले १३ तथा किरण ठगुन्नाले १२ रनको योगदान दिए । अन्य ब्याटरले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
पोखराको ब्याटिङ लाइनअपलाई दबाबमा राख्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलमानले तीन विकेट लिए । तिलक भण्डारीले दुई विकेट हात पार्दा शेर मल्ल, रोहित पौडेल र अभिशेष गौतमले समान एक–एक विकेट लिए ।


प्रतिक्रिया