२१ वर्षपछि पहिलोपटक मेस्सीबिनै अर्जेन्टिनाको टोली घोषणा

२१ वर्षपछि पहिलोपटक मेस्सीबिनै अर्जेन्टिनाको टोली घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीले २१ वर्षपछि पहिलोपटक लियोनेल मेस्सीको नामबिनै टोली घोषणा गरेको छ।

आगामी मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक लियोनेल स्कालोनीले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा मेस्सी अटाएका छैनन्।

अर्जेन्टिनाको राष्ट्रिय टोलीमा मेस्सीको नाम नपरेको यो २१ वर्षयताकै पहिलो अवसर हो । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका छन् ।

अर्जेन्टिनाको फुटबल संघ (एएफए)ले सार्वजनिक गरेको टोलीमा एमिलियानो मार्टिनेज, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज, जुलियन अल्भारेज, लिसान्द्रो मार्टिनेज, निकोलस पाज र फ्रान्को मस्तान्तुओनोसहितका खेलाडी समेटिएका छन्।

त्यस्तै, जियुलियानो सिमेओने, निकोलस टाग्लियाफिको, थियागो अल्माडा र माटियास सौले पनि टोलीमा परेका छन्।

मेस्सीको अनुपस्थितिले अर्जेन्टिनाको राष्ट्रिय टोलीमा नयाँ पुस्ताको सुरुवात भएको संकेत गरेको छ। प्रशिक्षक स्कालोनीले अब मेस्सीबिनाको अर्जेन्टिनालाई कसरी अगाडि बढाउँछन् भन्ने चासो बढेको छ।

मेस्सीले सन् २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। त्यसयता उनी अर्जेन्टिनाको टोलीका प्रमुख खेलाडी रहँदै आएका छन्।

उनको नेतृत्वमा अर्जेन्टिनाले २०२१ को कोपा अमेरिका, २०२२ को फिफा विश्वकप र २०२४ को कोपा अमेरिका जितेको थियो।