सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ। चाँदीको मूल्य २० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर दुई लाख ७५ हजार ६ सय रुपैयाँ पुगेको हो।

त्यस्तै, मंगलबार प्रतितोला तीन हजार ६७५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर तीन हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।