सरकारमाथि गम्भीर प्रश्न उठाउँदै ज्ञानेन्द्र शाहीले मागे संसदीय छानबिन समिति

सरकारमाथि गम्भीर प्रश्न उठाउँदै ज्ञानेन्द्र शाहीले मागे संसदीय छानबिन समिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सदस्य ज्ञानेन्द्र शाहीले विभिन्न तीन विषय उठाउँदै संसदीय छानबिन समिति माग गरेका छन्।

पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको सरकार र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच देखिएको तिक्तता, गत शुक्रबार भएको पत्रकार पक्राउ तथा राज्यशक्तिको दुरुपयोगबारे समितिको तत्काल बैठक बोलाउन माग गरेका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिलाई पत्र लेख्दै उनले पत्रकारहरूलाई बिनाकसुर पक्राउ गरिएको, राज्यशक्तिको चरम दुरुपयोग भएको कुरा पनि उठाएका छन्।

उनले प्रधानमन्त्री बालेनका सल्लाहकार कुमार बेनको निवासमा प्रहरी हिरासतमा लगिएका व्यक्तिको मोबाइल फोन जफत गरिएको जस्ता घटनाहरू सार्वजनिक भएको पनि उल्लेख गरेका छन्।

राज्य व्यवस्था र सुशासनसँग प्रत्यक्ष सरोकार राख्ने यी घटनाबारे गम्भीर छलफल र आवश्यक छानबिन हुनुपर्ने उनको माग छ।

शाहीले समितिको बैठक तत्काल बोलाउन र बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव तथा नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य उपस्थित गराउन सभापतिसँग माग गरेका छन्।

उनले सम्बन्धित सबै पक्षसँग घटनाबारे स्पष्ट जवाफ माग्ने व्यवस्था मिलाउनसमेत संसदीय समिति सभापतिलाई आग्रह गरेका छन्।