कांग्रेस सह-महामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो

कांग्रेस सह-महामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सह-महामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ।

शिवाकोटीले सामाजिक सञ्जालमार्फत् आफूलाई साइबर ब्युरोमा उपस्थित हुन भनिएको जानकारी दिएका हुन्।

भारतमा रहेका बेला दोलखाका एक साथीलाई सम्पर्क गरेर साइबर ब्युरोमा बोलाइएको सूचना आफूले पाएको उनले बताएका छन्।

उनी अहिले काठमाण्डु फर्किंदै छन्। सरकारले आफूमाथि गरेको व्यवहारको कडा प्रतिवाद गर्ने चेतावनी दिँदै शिवाकोटीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न। प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाण्डु आउँदैछु।’

यसैबीच, नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पनि बुधबार पक्राउ गर्न खोजेको दाबी नेताहरूले गरेका थिए । बिहीबार कांग्रेस महामन्त्री उदय शमशेर जबराले यदि थापालाई पक्राउ गरिए प्रतिरोध गर्ने चेतावनी दिएका छन्।

यीसहित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बिहीबार दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक बोलाएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीका नेताहरूसँग जोडिएका घटनाक्रमबारे छलफल हुने उपसभापति पुष्पा भुसालले बताएकी छन्।