देशको सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीले गरे तीनवटै सुरक्षा प्रमुखसँग छलफल

देशको सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीले गरे तीनवटै सुरक्षा प्रमुखसँग छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्था र चाडपर्वका बेला अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका छन्।

प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।

बैठकमा चाडपर्वका बेला नागरिकको जीउधनको सुरक्षा, अपराध नियन्त्रण तथा मुलुकको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ।

प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।