नेप्सेमा देहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्सेमा देहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु– बिहीबार सेयर बजारमा लगानीकर्ताको उत्साह कमजोर देखिएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम झण्डै ३६ प्रतिशत घट्दा नेप्से परिसूचक १२.९५ अंकले ओरालो लागेको छ ।
बिहीबार बजार बन्द हुँदा नेप्से २६५२.५८ विन्दुमा कायम भएको छ ।

बुधबार ७ अर्ब ४३ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा यस दिन ४ अर्ब ७२ करोड रुपैयाँको मात्रै कारोबार भएको हो ।
दिनभर ३४९ वटा धितोपत्रका १ करोड २३ लाख ७३ हजार ८४१ कित्ता सेयर किनबेच भएका छन् । मूल्य घट्ने कम्पनीको संख्या बढ्नेको भन्दा निकै बढी देखिएको छ ।

यस दिन २११ कम्पनीको मूल्य ओरालो लाग्दा ५६ कम्पनीको बढेको छ । १२ कम्पनीको मूल्यमा भने कुनै फेरबदल भएको छैन ।
बिहीबार मूल्य वृद्धिमा नेपाल कुमारी सबल योजना सबैभन्दा अगाडि रह्यो । यसको इकाइ मूल्य २.९६ प्रतिशत बढेर ९ रुपैयाँ ३८ पैसा पुगेको छ । स्नो रिभर्सको सेयरमा पनि २.८६ प्रतिशतको वृद्धि देखिएको छ ।

यसको अन्तिम मूल्य प्रतिकित्ता ८०४ रुपैयाँ ९० पैसा रहेको छ ।

केबीएल डिबेन्चर २०८६ का लगानीकर्ताले सबैभन्दा बढी मूल्य गुमाएका छन् । उक्त डिबेन्चरको मूल्य ५.०९ प्रतिशत घटेर १ हजार १२३ रुपैयाँ २० पैसामा झरेको छ ।

चिरख्वा हाइड्रोपावरको मूल्य ४.६१ प्रतिशत घट्दै ४२४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

कारोबारको अग्रस्थानमा आँखुखोला जलविद्युत कम्पनी रहेको छ । कम्पनीको १८ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

प्रतिकित्ता ३४६ रुपैयाँमा किनबेच भएको कम्पनीको मूल्य भने अघिल्लो दिनको तुलनामा २.३७ प्रतिशत बढेको छ ।

नेपाल पुनर्बिमा कम्पनी कारोबार रकमका आधारमा दोस्रो स्थानमा परेको छ । यसको १४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा प्रतिकित्ता मूल्य ९१९ रुपैयाँ कायम भएको छ ।

यस दिन अरुण काबेली पावर कम्पनीको सेयर मूल्यमा सामान्य गिरावट आएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य २५८ रुपैयाँ ९० पैसा कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा ०.२७ प्रतिशत कम हो ।

कम्पनीका ६३ हजार ६६ कित्ता सेयर २०४ वटा कारोबारमार्फत किनबेच भएका छन् ।

अरुण काबेलीको कुल सूचीकृत सेयर संख्या ३ करोड ८९ लाख ५९ हजार ४२१ कित्ता रहेको छ ।

कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व छ । यसको कुल बजार पुँजीकरण १० अर्ब ८ करोड ६५ लाख ९४ हजार ९६ रुपैयाँ रहेको छ ।

समूहगत कारोबारमा पनि बजारको अवस्था कमजोर देखिएको छ ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये लघुवित्त समूहले मात्रै ०.०९ प्रतिशतको वृद्धि हासिल गरेको छ । बाँकी १२ समूहका परिसूचक घटेका छन् ।