काठमाण्डु- पछिल्लो समय विभिन्न राजनीतिक तथा प्रशासनिक घटनाक्रममा मौन देखिएका गृहमन्त्री सुदन गुरुङ सामाजिक सञ्जालमा पुनः छाएका छन्।
पत्रकार पक्राउ परेको विषय, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई हटाइएको विषय तथा विभिन्न राजनीतिक दलका व्यक्तिमाथि साइबर अपराधसम्बन्धी मुद्दा लगाइएको घटनामा गृहमन्त्री गुरुङको सार्वजनिक प्रतिक्रिया नआएको भन्दै प्रश्न उठिरहेका बेला उनले बिहीबार सामाजिक सञ्जालमा ‘अचम्म’ भन्दै स्टाटस लेखेका हुन्।
यसअघि गृहमन्त्री गुरुङले विभिन्न व्यक्तिलाई पक्राउ गरिएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गरेका थिए। पक्राउसम्बन्धी घटनामा सक्रिय रूपमा स्टाटस लेख्दै आएका उनी पछिल्लो समय भने सामाजिक सञ्जालमा मौन देखिएका थिए।
यहीबीच उनले पुनः स्टाटस लेखेपछि सामाजिक सञ्जालमा उनको भूमिकाबारे चर्चा सुरु भएको छ। पछिल्ला घटनाक्रममा उठेका प्रश्नबीच आएको उनको स्टाटसलाई लिएर विभिन्न प्रतिक्रिया व्यक्त भइरहेका छन्।


प्रतिक्रिया