काठमाण्डु – सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिले शुक्रबार छलफल गर्दैछ । प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् ।
समितिको बिहीबारको बैठकमा प्रस्तावित चार न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेको उजुरी खोलिएको थियो ।
न्याय परिषद्ले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम सिफारिस गरेको थियो । न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।


प्रतिक्रिया