ग्लोबल आइएमईले काठमाण्डुकाे उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

ग्लोबल आइएमईले काठमाण्डुकाे उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डुको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ ।

शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गरेका थिए ।

करिब एक लाख ४६ हजार वर्गफिटमा फैलिने यो भवन कुल १२ तलाको हुनेछ । जसमा गाडी पार्किङका लागि दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौ वटा तला रहनेछन् । वातावरणमैत्री पूर्वाधार, आधुनिक वास्तुकला र अत्याधुनिक प्रविधि समेटेर बैंकले यसलाई उपत्यकाकै नमुना व्यावसायिक भवनका रूपमा उभ्याउन खोजेको छ ।

भूमिपूजापछि बोल्दै बैंकका अध्यक्ष ढकालले यो भवन वाणिज्य बैंकहरुका कर्पोरेट कार्यालयमध्य सबैभन्दा आधुनिक र ठूलो संरचना हुने बताए । नयाँ भवन अत्याधुनिक तथा सुविधासम्पन्न हुनुका साथै काठमाण्डु उपत्यकाको एउटा नमूना (आइकन) भवन बन्नेछ, उनले भने । उनले अत्याधुनिक भवन निर्माणसँगै सेवाग्राहीलाई बैंकको सेवा अझ सहज, प्रविधिमैत्री र प्रभावकारी हुने बताए ।

त्यस्तै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकका सेवाग्राही तथा कर्मचारीलाई ध्यानमा राखेर पार्किङदेखि भित्री संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिएको बताए

उक्त अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन समूह तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गदै आइरहेको छ ।