काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार टर्की प्रस्थान गर्ने भएका छन् ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उनी प्रतिनिधि मण्डलसँगै टर्की प्रस्थान गर्न लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार अहिले यसको अन्तिम तयारी भइरहेको छ।
९ देखि २० नोभेम्बरसम्म आयोजना हुने सम्मेलनमा उनले पनि सम्बोधन गर्ने कार्यसूची रहेको छ। उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले ९ नोभेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहेको खनालको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया