चितवन- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले सर्वोच्च अदालतका न्यायाधीशलाई बिचौलियामार्फत् पैसा तिरेर वैधानिकता लिएको भन्ने आरोपको खण्डन गरेका छन्।
शुक्रबार चितवनको रत्ननगरमा कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा पौडेलले कुनै पात्र खडा गरेर कपोलकल्पित कुरा प्रचार गरिएको बताएका हुन्।
‘नेपाली कांग्रेसले पैसा तिरेर वैधानिकता लियो, यसो भनिएको छ। कुनै एउटा पात्र खडा गरेर कपोलकल्पित कुरा प्रचारमा ल्याइएको छ,’ उनले भने।
गत पुस अन्तिममा भएको विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापामाथि सर्वोच्चमा १८ करोड खर्चिएर पार्टीको वैधानिकता लिएको आरोप हाल हिरासतमा रहेका इमन सापकोटाले लगाएका छन्।


प्रतिक्रिया