काठमाण्डु– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज बिहान करिब १०ः१५ बजे पहिरो खसेपछि राजमार्गको दुवैतर्फ सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पहिरोका कारण रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ। पहिरो पन्छाउन उपकरण परिचालन गरिएको र करिब आधा घण्टाभित्र राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया