यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ ।

हङकङसँगको आईतबारको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो ।

६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये ४ खेलमा जीत हासिल गर्‍यो । बाँकी २ खेल वर्षाका कारण रद्द भएका थिए ।

नेपालले सिरिजको पहिलो खेलमै थाइल्याण्डलाई ७ विकेटले हराउँदै सुखद सुरुआत गरेको थियो । त्यसपछि चीनसँगको दोस्रो खेल वर्षाले प्रभावित भएपछि नतिजाविहीन बनेको थियो । तेस्रो खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले चौथो खेलमा पुन: थाइल्याण्डमाथि ५२ रनको जीत निकालेको थियो ।

पाँचौँ खेलमा आयोजक चीनलाई ८४ रनले हराउँदै उपाधि यात्रालाई थप बलियो बनाएको नेपालले अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको थियो । खेलमा पहिले ब्याटिङ गरेको नेपालले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा २ विकेटको क्षतिमा ८८ रन बनाएको थियो । त्यसपछि मौसम प्रतिकूल बनेपछि खेल पुन: सञ्चालन हुन सकेन ।

प्रतियोगितामा नेपाल, आयोजक चीन, हङकङ र थाइल्याण्ड गरी ४ टोली सहभागी थिए ।