लक्ष्मी पूजाको रात झिलिमिली काठमाण्डु

लक्ष्मी पूजाको रात झिलिमिली काठमाण्डु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आईतबार लक्ष्मी पूजा विभिन्न धार्मिक विधिअनुसार मनाइएको छ।

लक्ष्मी पूजाको अवसरमा काठमाण्डु उपत्यका झिलिमिली बनेको छ।

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् ।

घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले सजावट गरिएपछि उपत्यकाका विभिन्न क्षेत्र झिलिमिली देखिएका छन् ।

लक्ष्मीको स्वागतका लागि घरआँगनमा दीपावली गर्नुका साथै रंगोली बनाउने, लक्ष्मीको पाइला अंकित गर्ने र घरलाई फूलमालाले सजाउने गरिएको छ । साँझ परेसँगै उपत्यकाका सडक, बजार र बस्तीहरूमा बालिएका बत्तीले तिहारको रौनक थपिएको छ ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी