काठमाण्डु – थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित १ जना पक्राउ परेका छन् ।
काठमाण्डु महानगरपालिका–१४ कलंकी चोकमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीको साथबाट गोली फेला पारेको हो ।
उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा काठमाण्डु जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।
यसैबिच प्रहरीले बालुवाटारस्थित एक रेष्टुरेन्टबाट आईतबार तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । उनीहरूका साथबाट ९ बुक तास, ६ लाख ८५ हजार र १० थान मोबाइल बरामद गरिएको परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।


प्रतिक्रिया