गण्डीगाडमा पुल निर्माण कार्य अलपत्र

गण्डीगाडमा पुल निर्माण कार्य अलपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम – सम्झौता भएको १६ महिना बितिसक्दा पनि अछाम र डोटी जिल्लाको सिमानामा रहेको अछामको चौरपाटी गाउँपालिका–२ सोकटस्थित गण्डीगाड मोटरेवल पुल निर्माणको प्रक्रिया अलपत्र परेको छ ।

पूर्वाधार विकास कार्यालय साँफेबगरले अछामको चौरपाटी गाउँपालिका–२ र दिपायल सिलगढी नगरपालिका–८ जोड्ने गण्डीगाडमा ४० मिटर लम्बाईको पुल निर्माण गर्न एस एस एन एस सि पि सि एस–ए सि जेभी धनगढी–५ कैलालीसँग सम्झौता गरेको थियो ।

मोटरेवल पुल निर्माणका लागि उक्त क्षेत्रमा डोजरले बाटो बनाउने क्रममा माथिबाट ठूलो ढुंगा खस्दा गण्डीगाडमा रहेको झोलुङ्गे पुलमा उल्टै क्षति भएको थियो । झोलुङ्गे पुल क्षतिग्रस्त हँुदा अहिले दैनिक जसो नागरिक त्यही जीर्ण पुल भएर आवतजावत गरिरहेका छन् ।

पूर्वाधार विकास कार्यालयलाई पटक–पटक ताकेता गर्दा पनि कुनै चासो नदिएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताए । नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भए पनि आयोजना कार्यान्वयन गर्ने निकाय मौन रहेको उनको आरोप छ ।

मोटरेबल पुल निर्माणका लागी निर्माण कम्पनीसँग ५ करोड २१ लाखमा २०८२ असार २२ गते सम्झौता भएको थियो । पुल नबन्दा गाउँमा बिरामीलाई उपचार गराउन लैजान समस्या भएको स्थानीय धु्रव साउदले बताए । स्थानीय विद्यार्थी अछामबाट डोटीको  दिपायल र सिलगढीमा अध्ययन गर्न यही पुल भएर जोखिम मोल्दै जाने गरेका छन् ।

‘मोटरेबल पुल त परै जाओस्, झोलुङ्गे पुलको अवस्था पनि ठीक छैन,’ साउदले भने ।

कार्यालयले निर्माणमा संलग्नलाई निर्माण कार्य अगाडि बढाउन पत्राचार गरिसकेको पूर्वाधार विकास कार्यालय साफेबगर अछामका सूचना अधिकारी देवीप्रसाद उपाध्यायले जानकारी दिए ।