एनपीएलमा जनकपुरविरुद्ध सुदूरपश्चिमलाई २७ रनको जीत

एनपीएलमा जनकपुरविरुद्ध सुदूरपश्चिमलाई २७ रनको जीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु जनकपुर बोल्ट्स २७ रनले पराजित भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा १२१ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रन मात्रै बनाउन सक्यो ।