बेइजिङ – चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र युरोपेली संघ (ईयू) बिचको सहकार्यले दुवै पक्षलाई लाभ पुग्ने तर टकरावले दुवैलाई नोक्सान हुने बताएका छन् ।
उनले प्रमुख व्यापारिक साझेदार चीन र ईयूबिच स्थिर तथा सन्तुलित व्यापार सम्बन्ध कायम गर्न संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिए ।
फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री जाँ–नोएल बारोटसँग मंगलबार भएको टेलिफोन वार्ताका क्रममा वाङले यस्तो धारणा राखेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहेका वाङले ईयूको प्रमुख सदस्य राष्ट्रका रूपमा फ्रान्सले चीन र ईयूबिच सन्तुलित व्यापार सम्बन्ध विकास गर्न रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया