जनकपुरधाम – मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनले बुधबार पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
मधेस प्रदेशसभा सभामुख रामअशिष यादवले प्रदेशसभा सचिवालयमा बुधबार आयोजित समारोहमा नवनियुक्त सदस्य खातुनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ ग्रहण समारोहमा नेकपा एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सचिवालयका सभा सचिव वासुप्रसाद कोइरालालगायत कर्मचारीको उपस्थिति थियो ।


प्रतिक्रिया