एनपीएलमा आज विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी खेल्दै

एनपीएलमा आज विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार दुई खेल हुँदैछन् ।

विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर र पोखराबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

जारी लिगमा पाँच खेल खेलेको विराटनगर ४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । समान खेल खेलेको पोखरा २ अंकका साथ अन्तिममा छ ।

यस्तै कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ ।

५ खेलबाट कर्णाली ४ अंक जोडेर सातौँ स्थानमा रहेको छ भने ७ अंक भएको लुम्बिनी तेस्रो स्थानमा छ । कर्णाली प्लेअफको सम्भावना बलियो बनाउन लुम्बिनीलाई हराउनै पर्ने दबाबमा छ ।