भीमफेदी गाडी दुर्घटना अपडेट : मृतक दुई जनाको पहिचान खुल्यो

भीमफेदी गाडी दुर्घटना अपडेट : मृतक दुई जनाको पहिचान खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक भएको दुर्घटनामा परी मृत्यु भएकामध्ये दुई जनाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार ईभीका चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी रविशंकर कुमार मण्डल र सर्लाही चक्रघट्टा ४ सुन्दरपुरटोलका सुवेक यादवको पहिचान खुलेको छ । अन्यको मृतक ८ जनाको पहिचान खुल्न बाँकी छ ।

छठ मनाउन ईभी गाडी रिजर्भ गरेर गाउँ फर्कँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको गाडी भीमफेदी–६ मा बिहीबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने घाइते हुनेको सङ्ख्या ६ पुगेको छ ।

घाइते हुनेमा मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादव छन् । एक जना घाइतेको नाम भने खुल्न बाँकी छ ।

दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, पाँच पुरुष र दुई बालिका .छन् ।