भीमफेदी माइक्रोबस दुर्घटनाप्रति रास्वपाद्वारा दु:ख व्यक्त, घाइतेको नि:शुल्क उपचार गर्न माग

भीमफेदी माइक्रोबस दुर्घटनाप्रति रास्वपाद्वारा दु:ख व्यक्त, घाइतेको नि:शुल्क उपचार गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु र ६ जना घाइते भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दु:ख व्यक्त गरेको छ ।

पार्टीले घटनामा घाइते भएकाहरूको प्रभावकारी तथा नि:शुल्क उपचारको व्यवस्था मिलाउन र मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा ठूलो मानवीय क्षति भएको घटनाले पार्टी स्तब्ध र मर्माहत भएको जनाएका छन् । काठमाण्डुमा व्यवसाय तथा रोजगारीमा संलग्न परिवारका सदस्य एउटै गाडी रिजर्भ गरी छठ पर्व मनाउन घर फर्किने क्रममा दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका धेरै परिवार प्रभावित भएका छन् । एउटै टोलका ५ परिवारसम्मका सदस्य गुमाउनुपरेको भन्दै रास्वपाले घटनाबाट गाउँ र समुदायमा अपूरणीय क्षति पुगेको जनाएको छ ।