छठ मनाउन मधेस झर्न लागेका रास्वपा सभापति रवि पार्टी शुभचिन्तककै घरमा बस्ने

छठ मनाउन मधेस झर्न लागेका रास्वपा सभापति रवि पार्टी शुभचिन्तककै घरमा बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने छठ पर्व मनाउनका लागि मधेस झर्दैछन् । 

लामिछानले जनकपुरधामस्थित गंगासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको घरमा बसेर विधिपूर्वक छठ मनाउन लागेका हुन् ।

यसअघि नै उनको स्नान गर्ने रहर भएका कारण मधेस झर्न लागेको बताइएको छ।

श्रीमती निकिता पौडेल लामिछानेसँग विधिपूर्वक व्रत गर्दै छठ मनाउन लागेको बताइएको छ । रवि बस्ने घरको विषयमा पनि लगभग छलफल र तयारी सकिएको बताइएको छ । तर कसको घरमा बस्छन् भन्ने जानकारी भने पार्टी नेता मनिष झाले खुलाउन चाहेनन् ।

‘ सभापतिज्यू सर्वसाधारण अथवा पार्टी शुभचिन्तकै घरमा बस्नुहुन्छ । तर कसको घरमा बस्नुहुन्छ भन्ने प्रश्नको जवाफ दिन मलाई केही समय दिनुहोस्,’ झाले भने, ‘यो भ्रमण बिल्कुल धार्मिक हो, राजनीति भ्रमण होइन ।’

रविको सचिवालय पनि यसपटकको मधेस भ्रमणलाई राजनीतिक रूपमा प्राथमिकता नदिने बताउँछन् ।

रवि दम्पतीको पूजा र अर्घ्यका लागि सूर्य भगवान् मन्दिर अगाडिको घाट छुट्याएको जनाइएको छ ।