एमालेको राष्ट्रिय भेलाले पार्टीप्रतिको भ्रमलाई चिर्छ : भानुभक्त ढकाल

एमालेको राष्ट्रिय भेलाले पार्टीप्रतिको भ्रमलाई चिर्छ : भानुभक्त ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सचिव भानुभक्त ढकालले एमालेको राष्ट्रिय भेलाले पार्टीप्रतिको भ्रमलाई चिर्ने बताएका छन् ।

गत वर्षको भदौ २३ र २४ गतेपछि एमालेप्रति नकारात्मक भ्रम फैलिरहेकाले राष्ट्रिय भेलाले त्यो भ्रमलाई चिरेर अगाडि बढ्ने ढकालको विश्वास छ ।

‘ जसरी गत वर्षको भदौ २३ र २४ गतेको आन्दोलनपछि नेकपा एमालेप्रति नकारात्मक भ्रम फैलिएको छ, त्यो भ्रमलाई यो राष्ट्रिय भेलाले चिरेर जान्छ । एमालेप्रति देखिएको बितृष्णा र तल्लो तहमा देखिएको कार्यकर्ताको असन्तुष्टिलाई यसले क्याप्चर गर्छ। एमालेप्रति हुँदै नभएको नकारात्मक भ्रमहरू फैलिएकाले त्यो भ्रमहरूलाई चिर्नकै लागि हामीले यस्ता किसिमका भेला आयोजना गरिएको हो ।’

राष्ट्रिय भेलाको आयोजक समितिका संयोजक समेत रहेका ढकालले काठमाण्डुपाटीलाई भने, ‘आगामी स्थानीय तहको निर्वाचनका लागि लक्षित विभिन्न कार्यक्रमहरु पनि सार्वजनिक हुन्छन् । भेलामा पार्टीका अध्यक्ष कमरेड वरिष्ठ नेता कमरेड महासचिव कमरेड उपाध्यक्ष कमरेड लगायतले सम्बोधन गर्दै ३ वटा राजनीतिक प्रस्ताव पनि पेश हुन्छन् ।’

ढकालले एमाले सरकारमा रहँदा गरेका विकास प्रगतिको विषयमा पनि राष्ट्रिय भेलामा छर्लङ्ग हुने बताउँछन् । उनी राष्ट्रिय भेलाले तल्लो तहका कार्यकर्तामा देखिएको भ्रमलाई चिरेर पार्टीप्रति सकारात्मक भाव फैलने विश्वास व्यक्त गरे ।

‘ एमालेले गरेका प्रगतिलाई अरुले गरेको प्रगति मानेर थुप्रै भ्रमहरू फैलिएका छन्। त्यसलाई पनि राष्ट्रिय भेलाले चिरेर जान्छ,’ उनले अगाडि भने, ‘उल्लासमय तरिकाले राष्ट्रिय भेला सम्पन्न हुन्छ । एमाले  शुभचिन्तक र कार्यकर्ताको  राष्ट्रिय भेलाका लागि धेरै उत्साह देखेको छु ।’

राष्ट्रिय भेला मंसिर २ गतेदेखि ३ गतेसम्म काठमाण्डुको एक ब्याङ्क्वेटमा हुनेछ ।