रोकिएको जीपमा स्कुटर ठोक्किँदा २ युवकको मृत्यु

रोकिएको जीपमा स्कुटर ठोक्किँदा २ युवकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जीपमा स्कुटर ठोक्किँदा शुक्रबार दिउँसो स्कुटरमा सवार २ युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म्याग्दीको मंगला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै रघुगंगा गाउँपालिका–३ का २६ वर्षीय मोहन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए ।

पोखरा–५ जिरो किलोमिटर नजिक दिउँसो अन्दाजी २:५० बजेको समयमा रोकिराखेको लु३च ५२७४ नम्बरको बोलेरो जीपमा ग२३प १७१६ नम्बरको स्कुटर पछाडिबाट ठोक्किदाँ गम्भीर घाइते दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रमममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बोलेरो जीपका चालक पोखरा–२८ कालिका बस्ने ४८ वर्षीय अृमत बजगाईँ र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक देवकोटाले जानकारी दिए ।