काठमाण्डु – काठमाण्डुको गुह्येश्वरीमा छटघाटको तयारी तीव्र रूपमा भइरहेको छ ।
गुह्येश्वरी छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले गुह्येश्वरी, गौरीघाट क्षेत्रमा आइतबार अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य चढाउन ६७५ वटा छठ घाट बनाइएको जानकारी दिए । तीमध्ये ३० वटा घाट भने निस्शुल्क दिइने छ ।
बाँकी घाट लिन चाहनेले एक हजार ५०० शुल्क बुझाउनुपर्ने समितिका उपाध्यक्ष राजकुमार पोद्दारले जानकारी दिए ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर गुह्येश्वरी, गौरीघाट क्षेत्रको वाग्मती नदी क्षेत्र सम्याउने, सरसफाइलगायत काम सकी छठको तयारी अन्तिम चरणमा पुगेको पनि उनले बतए ।
कार्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु हुने छठ पर्व सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा समापन हुन्छ । यस वर्ष कात्तिक २७ गते शुक्रबारदेखि सुरु भएको छठ पर्वको व्रत विधि कात्तिक ३० गते सोमबार सकिन्छ ।


प्रतिक्रिया