काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर जबराले सुशासनको नारा लिएर आएको सरकारले सबैभन्दा पहिले प्रधानमन्त्री कार्यालय र आफ्ना सल्लाहकारहरूको जवाफदेहिता सुनिश्चित गर्नुपर्ने बताएका छन्।
बिचौलिया आरोपमा अनुसन्धानका लागि बरामद गरिएको इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निवासमा पुगेको प्रसङ्गमा उनले यस्तो बताएका हुन्।
यस प्रकरणमा प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनदेखि निवर्तमान आईजीपी दानबहादुर कार्कीको समेत नाम मुछिएको छ। दुवैमाथि इनमको मोबाइल आफ्नो नियन्त्रणमा लिएर म्यासेज मेटाएको आरोप लागेको छ।
प्रहरी हिरासतमा रहेका व्यक्तिको मोबाइल त्यस अवधिमा बाहिर लगेर चलाइएको र केही सन्देश मेटिएको कुरा आएपछि राणाले सरकारसँग जवाफदेहिता खोजेका हुन् । प्रहरीबाट बाहिर लगेर मोबाइलमा रहेका प्रमाणमा छेडछाड भएको हुन सक्ने गम्भीर आशंका जन्माएको जबराले बताएका छन्।
मोबाइल कसले र किन चलायो, सन्देश कहिले र कसरी मेटिए तथा उपकरण अनुसन्धानको जिम्मामा रहँदा निर्धारित प्रक्रिया पालना भयो कि भएन भन्ने प्रश्नको निष्पक्ष छानबिन हुनुपर्ने उनले माग गरेका छन्। उनले घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न पनि सरकारसँग आग्रह गरेका छन्।


प्रतिक्रिया