रोमाञ्चक खेलमा विराटनगरलाई लुम्बिनीले हरायो, चितवनको प्लेअफ सम्भावना कायमै

रोमाञ्चक खेलमा विराटनगरलाई लुम्बिनीले हरायो, चितवनको प्लेअफ सम्भावना कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को २६औँ खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा लुम्बिनीले विराटनगरले दिएको १६७ रनको लक्ष्य १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीले ४ विकेटको जीत निकाल्ने क्रममा रुबेन ट्रम्पलम्यानले १ बलमा ६ रन बनाए । सुन्दीप जोराले ११ बलमा २५ रनको आक्रामक पारी खेले ।

विराटनगरले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो । उसका लागि चरिथ असलंकाले ६४, शुभम रञ्जनेले अविजित ३१ र इमरान शेखले २४ रन बनाएका थिए ।

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र अभिषेक गौतमले १–१ विकेट लिए भने किशोर महतोले २ विकेट हात पारे ।

लिग चरणको अन्तिम खेल खेलेको लुम्बिनी यसअघि नै प्लेअफमा पुगिसकेको थियो । विराटनगरलाई हराएसँगै लुम्बिनीले लिग चरणको सुखद अन्त्य गरेको छ ।

यो नतिजाले चितवन राइनोजको प्लेअफ सम्भावना कायम राखेको छ । विराटनगर पराजित भएसँगै चितवनले आफ्नो अन्तिम खेल खेल्नुअघि नै प्लेअफ पुग्ने समीकरण बनेको छ।