काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा आइथतबार दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।
चितवन अंक तालिकाको चौथो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ भने कर्णाली अंक तालिकाको सातौं स्थानमा छ ।
यसैगरी दिउँसो साढे ४ बजे काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स खेल्ने छन् । प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमान्डु अंक तालिकाको तेस्रो स्थानमा छ । पोखरा भने अंक तालिकाको पुछारमा छ ।
दुवै खेलले अंक तालिकाको समीकरण र तालिकामा कुन टिम कहाँ रहने भन्ने स्थानबारे टुंगो लगाउने छ ।


प्रतिक्रिया