काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजसामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको हो ।
कर्णालीका लागि हुसेन तलतले अविजित ५१ रन बनाउँदै अर्धशतक पूरा गरे । उनले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ३५ रन जोडे ।
पवन सर्राफले १५ तथा गुल्सन झाले १८ रन बनाए । अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् ।
बलिङतर्फ चितवनका कमलसिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले समान २ विकेट लिए । रिजन ढकाल र कप्तान सिकन्दर राजाले १–१ विकेट हात पारे ।


प्रतिक्रिया