प्लेअफबाट बाहिरिएको कर्णालीले चितवनलाई २४ रनले हरायो

प्लेअफबाट बाहिरिएको कर्णालीले चितवनलाई २४ रनले हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा आइतबार भएको खेलमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो ।

कर्णालीका लागि हुसेन तलतले अविजित ५१ रन बनाउनुका साथै बलिङमा ३ विकेट लिए । अरिफुल इस्लामले ३५ र गुल्सन झाले १८ रन जोडे ।

चितवनका उसामा मिरले अविजित २८ तथा कमिल मिशाराले २५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । कर्णालीका मार्क वाट र पवन सर्राफले २–२ विकेट लिए ।

यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको कर्णालीले जितसँगै लिग चरणको अन्त्य गरेको छ । सात खेलमा ७ अंक जोडेको चितवन भने चौथो स्थानमा रहँदै प्लेअफको एलिमिनेटरमा पुगेको छ ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको हो ।

कर्णालीका लागि हुसेन तलतले अविजित ५१ रन बनाउँदै अर्धशतक पूरा गरे । उनले ३३ बलमा २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ३५ रन जोडे ।

पवन सर्राफले १५ तथा गुल्सन झाले १८ रन बनाए । अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन् ।

बलिङतर्फ चितवनका कमलसिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले समान २ विकेट लिए । रिजन ढकाल र कप्तान सिकन्दर राजाले १–१ विकेट हात पारे ।