काठमाण्डुविरुद्ध पोखराको आक्रामक ब्याटिङ, युवराज सामरा र कुशल भुर्तेलको अर्धशतक

काठमाण्डुविरुद्ध पोखराको आक्रामक ब्याटिङ, युवराज सामरा र कुशल भुर्तेलको अर्धशतक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाडौंले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पोखराले १४.२ ओभरमा १ विकेट गुमाएर १६३ रन बनाएको छ।

पोखराका युवराज साम्रा र कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्। साम्रा ४५ बलमा ८१ रन बनाएर खेलिरहेका छन्। उनले ७ चौका र ५ छक्का प्रहार गरेका छन्।

त्यस्तै, भुर्तेलले ३५ बलमा ६७ रन बनाएका छन्। उनले ५ चौका र ६ छक्का प्रहार गरेका छन्। दुवैबीच दोस्रो विकेटका लागि आक्रामक साझेदारी भइरहेको छ।

पोखराले १७ रन बनाउँदा अर्जुन कुमाललाई पहिलो विकेटका रूपमा गुमाएको थियो। उनी ६ बलमा ५ रन बनाएर जाहान्दाद खानको बलमा आउट भए।

आजको खेल पोखरा एभेन्जर्सका लागि प्रतियोगितामा टिकिरहने सम्भावनासँग जोडिएको छ। पोखरा पराजित भए एनपीएलबाट बाहिरिनेछ भने काठमाडौं गोर्खाज यसअघि नै प्लेअफमा पुगिसकेको छ।