जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजा आराधना गरेका छन् ।
रास्वपा सभापति लामिछाने यसअघि जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गरेपछि अहिले मुजेलियास्थित छठघाट पुगेका हुन् ।
जनकपुरधामका तालतलैया घाटहरू सजावटसहित आकर्षक रहेको, व्रतालुहरू पूजाआजामा रमाइरहेको तथा छठ पर्वलाई लक्षित गरी धनुषा जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।


प्रतिक्रिया