आज यी तीन प्रदेशमा हुनेछ हल्का वर्षा र हिमपात

आज यी तीन प्रदेशमा हुनेछ हल्का वर्षा र हिमपात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीका कारण मुलुकका हिमाली तथा पहाडी भूभागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा तुवाँलो देखिएको छ।

बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सोमबार दिउँसो आंशिक बदली रहने छ । महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली तथा पहाडी भू–भाग र बागमती तथा गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

हाल कर्णाली प्रदेशसहित बाँकी हिमाली भूभागमा साधारणतया बादल लागेको छ। पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलोको प्रभाव देखिएको छ। यीबाहेक अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।

सोमबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू(भागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशको हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ।