काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरू गरेका छन्।
सोमबार जनकपुरको जानकी मन्दिरबाट सांसद सिंहले मेची–महाकाली पदयात्रा सुरू गरेका हुन् ।
रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा दिएर सांसद सिंहलाई विदाइ गरेका हुन्। सो क्रममा सभापति लामिछानेले पदयात्राले मधेस, पहाड र हिमाल तथा सिङ्गो देशलाई जोड्ने, विभिन्न ठाउँमा सद्भाव र एकता कायम गर्ने सन्देश दिने उद्देश्य राखेको भन्दै सांसद सिंहलाई शुभकामना दिए।
सांसद सिंहले देशका विभिन्न स्थानमा पुगेर जनताको कुरा सुन्नका लागि पदयात्रा सुरू गरेको जानकारी दिए। उनले जनकपुरबाट सांकेतिकरुपमा सोमबार नै यात्रा थालिए पनि मंगलबार बिहान झापाबाट यात्राको बिधिवत सुरुवात हुने बताए ।


प्रतिक्रिया