चीन, भारत र इजरायलका लागि राजदूत नियुक्त, राष्ट्रपतिसमक्ष लिए शपथ

चीन, भारत र इजरायलका लागि राजदूत नियुक्त, राष्ट्रपतिसमक्ष लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा उनीहरूले राजदूत पदको शपथ लिएका हुन्।

शपथ लिनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो।