काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५ ग्रामभन्दा बढी सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
आइतबार राति विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले ४२ वर्षीय झाङ गोअक्वीङलाइ पक्राउ गरेको हो ।
उनी हङकङबाट क्याथे प्यासिफिक एअरको विमानमार्फत राति साढे १० बजे काठमाण्डु ओर्लिएका थिए ।
विमानस्थलका डीएसपी ढुण्डिराज न्याैपानेका अनुसार झाङले भित्री वस्त्रमा प्लास्टिकले बेरेर अर्धठोस अवस्थामा सुन लुकाएर ल्याएका थिए । उनको साथबाट ६३५.९६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया